अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ, गैरन्यायिक हत्याको मुद्दा चलाइने

अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ, गैरन्यायिक हत्याको मुद्दा चलाइने

काठमाडौँ : अमेरिकाको मिनसोटामा एक जना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन्। उनलाई गैरन्यायिक हत्याको मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन्।

पक्राउ परेका ती प्रहरी अधिकारी किम पोटरलाई हिरासतमा राखिनेछ। पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावश गोली चलाएको बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। 

मिनसोटाको ब्युरो अफ क्रिमिनल एप्रिहेन्सनले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ। उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।

वैशाख २, २०७८ बिहीबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।