२४ घण्टामा देशभर ६०३ जनामा कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उक्त अवधिमा पिसिआर परीक्षण विधिबाट ५ सय ८० र एन्टिजेन्ट विधिबाट २३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८९ जनामा पिसिआर र ४ सय ५१ जनामा एन्टिजेन्ट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितमध्ये २ सय ५४ जना उपत्यकाका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७३ जना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएकामध्ये ८० जना सघन उपचार कक्ष (आइसियु) र २५ जना भेन्टिलेटरमा उपचार गराइरहेको प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १ सय २९ जना कोरोनामुक्त भएका छन्।
देशभर सक्रिय संक्रमितको ४ हजार ५६ रहेको मन्त्रालयले जनाएको छ।
वैशाख १, २०७८ बुधबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।