राष्ट्रपतिद्वारा विभिन्न मानपदवीबाट विभूषित
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषण प्रदान गरेकी छन्। विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएकाहरुलाई राष्ट्रपति भण्डारीले मानपदवीसहित विभूषित गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६ जनालाई विभूषण दिने निर्णय गरेको थियो।
यस्तै कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण दिने निर्णय गरेको थियो।
वैशाख १, २०७८ बुधबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।