प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु 

प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु 

प्युठान : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जिप प्युठानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

लु १ ज १६५५ नम्बरको जिप दुर्घटना हुँदा प्रशासन कार्यालयका कर्मचारी २२ वर्षका केशव कार्की, ३८ वर्षका श्याम न्यौपाने र अर्का एक जनाको मृत्यु भएको प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। 

दुर्घटनामा ११ जना घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भएको गैरेले जानकारी दिए। अरू घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ। 

वैशाख १, २०७८ बुधबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।