राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो 

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो 

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ दिएकाले समर्थन फिर्ता लिएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन।

समर्थन फिर्ता लिएर एमाले बाहेकको गठबन्धनलाई बाहिरै बसेर समर्थन गर्ने पार्टीले निर्णय गरेको उनले बताइन। 

गण्डकीमा जनमोर्चाका तीन जना प्रदेशसभा सदस्य छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, काँग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन्।

एमाले बाहेकका दलहरू मिले गण्डकी प्रदेशको एमाले सरकार अल्पमतमा पर्नेछ।

वैशाख १, २०७८ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।