एमसिसि अगाडि बढाउन प्रधानमन्त्रीको जोड

एमसिसि अगाडि बढाउन प्रधानमन्त्रीको जोड

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले  एमसीसी प्रस्ताव अगाडि बढाउन जोड दिएका छन्। नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकारले संसद् सचिवालयमा पठाएको प्रस्ताव संसद्मा छलफल हुनुपर्नेमा जोड दिए।

'नेपाली काँग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौ,' उनले भने'टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौँ।'

प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग नभएको तर्क गर्दै संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौँ दाबी गरे।

उनले राष्ट्रिय एकता कायम गरेर सम्पूर्ण सामर्थ्य  देश विकासका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए।

वैशाख १, २०७८ बुधबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।