विष्णुमती सरसफाइ अभियान वैशाख १ गते देखि सुरु हुने
विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सुरु गर्न लागेको श्रेष्ठले बताए। हरेक महिनाको अन्तिम शनिवार सरसफाइ अभियान सञ्चालन गर्ने उनले बताए।
विष्णुमती खेला प्रदूषित भई धार्मिक एवं सांस्कृतिक कार्यहरूमा असर पर्न गएको बताउँदै उनले खोला प्रदूषित हुँदा स्थानीय वातावरण प्रदूषित भई खोला वरिपरिका स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमती सरसफाइ अभियान सुरु गर्न लागेको जानकारी दिए।
विष्णुमती नदीको उद्गम स्थल बुढानिलकष्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ।
विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्त्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको छ।
चैत ३१, २०७७ मंगलबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।