दोलखामा गाडी दुर्घटना, ४ जनाको मृत्यु 

दोलखामा गाडी दुर्घटना, ४ जनाको मृत्यु 

दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका विनोद केसी, अजिता खत्री, राधा खड्का र चण्डीका थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

गम्भीर घाइते वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्कालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ ल्याइएको छ। अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालिङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ। 

सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरू घर फर्कने क्रममा सोमबार राति १० बजे भएको दुर्घटनामा परेर मृत्यु भएकाहरूको सब चरिकोट स्थित चरिकोट अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

चैत ३१, २०७७ मंगलबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।