२४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु
योसँगै देशभर कोरोना संक्रमितको संख्या ३ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये २ लाख ७४ हजार १ सय ६५ जना कोरोना संक्रमित निको भएका छन्।
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ पुगेको मन्त्रालयले जनाएको छ।
चैत ३०, २०७७ सोमबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।