ओलीले बोलाए एमाले केन्द्रीय समिति बैठक

ओलीले बोलाए एमाले केन्द्रीय समिति बैठक

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आगामी वैशाख ६ गते बैठक बोलाइएको जानकारी दिए। 

बैठकमा एमाले विवाद, राजनीतिक घटनाबारे छलफल हुने बताइएको छ। 

पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल सहित चार जनालाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेमा विवाद चुलिएको छ। 

विवाद चुलिएपछि पार्टीमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहले काठमाडौंलगायत जिल्ला कमिटी तथा भ्रातृ संगठनमा समानान्तर कमिटीसमेत गठन गरेको छ। 

चैत ३०, २०७७ सोमबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।