प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा १४ सांसद् मनोनयन 

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा १४ सांसद् मनोनयन 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उमाशंकर खडगरिया,  कृष्णभक्त पोखरेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडु र देवप्रसाद गुरुङलाई समितिमा मनोनयन गरिएको जानकारी दिए।

यस्तै, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँड, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङलाई पनि उक्त समितिमा मनोनयन गरिएको छ। 

प्रतिनिधिसभा नियमावली २०७५ अनुसार नियम १३ बमोजिम गठित उक्त समिति १७ सदस्यीय छ। जसमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदेन सदस्य रहने प्रावधान छ। 

उक्त समिति २०७५ असार २० मा गठन गरिएको हो। 

चैत ३०, २०७७ सोमबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।