प्रतिनिधिसभाको बैठक वैशाख ७ गतेसम्म स्थगित
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक दिउँसो १ बजे बस्ने घोषणा गरे।
दिउँसो १ बजे सुरु भएको बैठकको सुरुवातमा १३ जना सांसद्ले शून्य समयमा बोलेका थिए। बैठकमा अञ्जना बिशंके, अनिलकुमार झा, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कृष्णबहादुर राई, खगराज अधिकारी, खेमप्रसाद लोहनी, गगनबहादुर थापा, गजेन्द्रबहादुर महत, गंगा चौधरी सदगौवा, घनश्याम खतिवडा, छक्कबहादुर लामालगायतले शून्य समयमा आफ्ना धारणा राखे।
त्यसपछि मितमणि चौधरी, प्रदीप गिरी, शक्तिबहादुर बस्नेत, प्रदीप यादव, प्रेम सुवाल, मनकुमारी जिसी, पुष्पा भुसाल गौतम, नरबहादुर धामी र नवराज सिलवालले विशेष समयमा बोलेका थिए।
त्यसपछि सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए।
लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाका विभिन्न समितिमा सांसद् थप तथा हेरफेर गरिएकोबारे बैठकमा पढेर सुनाएका थिए।
त्यसपछि बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई राष्ट्रिय सूचना आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गरेका थिए।
चैत ३०, २०७७ सोमबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।