सकुनीले पाण्डवलाई जंगल पठाएजस्तो फेरि संसद् विघटन नगर्नुहोस् : काँग्रेस सांसद गिरी

सकुनीले पाण्डवलाई जंगल पठाएजस्तो फेरि संसद् विघटन नगर्नुहोस् : काँग्रेस सांसद गिरी

सांसद गिरीले सकुनीले पासा फ्याँकेर पाण्डवलाई जंगल पठाएजस्तो फेरि संसद् विघटन नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए। ‘सकुनीले दोस्रो पटक पासा फ्याँकेर पाण्डवलाई जंगल पठाएका थिए,’ उनले भने,‘केही सानो समूहले २०४७ सालको संविधान नमान्दा विनाशको बीज रोपिएको थियो, अहिले पनि त्यस्तै समय आएको छ।’

उनले पाण्डवलाई जंगल पठाएजस्तो जालझेल गरेर फेरि संसद् विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे। ‘संविधानमा असहमति जनाउनेहरूको माग सम्बोधन गरेर रक्षा गर्छौ कि २०४७ सालको संविधानजस्तै बिजोग बनाउँछौ,’ उनले प्रश्न गरे। 

सांसद गिरीले चुच्चे नक्साको भ्रूण हत्या भएको हो भनेर सरकारलाई प्रश्न समेत गरेका छन्। बैठकको विशेष समयमा बोल्दै उनले संसद्लाई जुहारी गर्ने थलो बनाउनु नहुने बताए। 

चैत ३०, २०७७ सोमबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।