काँग्रेस केन्द्रीय समिति बैठक स्थगित 

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित 

बैठक आज दिउँसो २ बजेलाई बोलाइएको थियो। ‘वरिष्ठ नेता पौडेलका भाइको निधनका कारण बैठक स्थगित गरिएको हो।’ उनले भने।

अर्को बैठकको मिति भने तय नभएको पौडेलले जानकारी दिए। रामचन्द्रका माइलो भाइ गोविन्दराजको ७३ वर्षको उमेरमा आज बिहान चितवनको रत्न नगर नगरपालिका माधवपुरमा रहेको निवासमा निधन भएको हो।

यसअघि २७ चैत्रलाई तोकिएको बैठक आजलाई सारिएको थियो। बैठकका लागि पार्टीको नेतृत्वमा नयाँ सरकार गठन, १४ औँ महाधिवेशन लगायतका एजेन्डामा तय भएका थिए।

चैत ३०, २०७७ सोमबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।