बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दिया : बर्दियाको बगुवा सामुदायिक जङ्गलमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ।
जङ्गल छेउको बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका भटेरा बस्ने भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बोहराको लासलाई घटनास्थलबाट सुरक्षित स्थानमा ल्याएर राखिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।
चैत २९, २०७७ आइतबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।