बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा
भक्तपुर : नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्त्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धूमधामका साथ मनाउने गर्दछन्।
बिस्का जात्राको रथ तान्ने क्रममा गएराती भएको ढुङ्गा हानाहानमा १९ जना घाइते भएका प्रहरीले जनाएको छ।
जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ।
यसपछि चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ। वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ। यस दिन जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ।
चैत २९, २०७७ आइतबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।