थप ३०३ जनामा कोरोना पुष्टि
काठमाडौँ : नेपालमा आज आइतबार थप ३०३ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ। कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन्।
नेपालमा हाल २९६१ जना आइसोलेसन र ८३ जना क्वारेन्टीनमा रहेका मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पिसिआर परीक्षण गरिएको छ।
चैत २९, २०७७ आइतबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।