सुनचाँदी व्यवसायीको हत्यामा संलग्नलाई कारबाही गर्न महासंघको माग
काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। सिरहाको लहानमा सुनचाँदी व्यवसायी विश्वकर्माको शनिवार राती लुटेरा समूहले गोली हानेर हत्या गरेका थिए।
महासंघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न माग गरेको हो। मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न पनि महासंघले भनेको छ।
लहान स्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको हत्या घटनाले देशभर सुनचाँदी व्यवसायीलाई त्रसित र भयभीत बनाएको महासंघले बताएको छ।
विज्ञप्ति निकालेर उसले सिङ्गो मुलुकको सुरक्षा व्यवस्था र व्यवसायीक सुरक्षाको विषयमा समेत गम्भीर गंभिर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेको छ।
चैत २९, २०७७ आइतबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।