चितवनमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु
चितवन : चितवनको रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ना १ ज ३८५९ नम्बरको भ्यान बिहान ९ बजे आफै अनियन्त्रित भएर दुर्घटना हुँदा कास्की रुपा गाउँपालिकाका सूर्य खाती र चितवन भरतपुरका राजेन्द्र दमाईको मृत्यु भएको हो।
खातीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र दमाईको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सूर्य थापाले जानकारी दिए।
डिएसपी थापाका अनुसार घाइतेहरूको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
चैत २९, २०७७ आइतबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।