वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षडयन्त्र असफल बनाउन सांसद्लाई आह्वान
काठमाडौं : अनलाइन पत्रकार संघले विवादास्पद सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गर्ने सरकारको षड्यन्त्र असफल बनाउन प्रतिनिधिसभाका सांसद्लाई आह्वान गरेको छ।
संघले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गरी उक्त विधेयक प्रतिनिधिसभामा पेस गर्ने प्रयास भएको भन्दै यस्ताे आह्वान गरेको हो। उक्त विधेयकमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेकाले ती प्रावधान संशोधन नभई विधेयक स्वीकार गर्न नसकिने संघले जनाएको छ।
‘अनेक बहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षडयन्त्र असफल बनाउन यस संघ सरोकारवाला निकाय र विवेकी प्रतिनिधिसभाका सांसद्हरूलाई आह्वान गर्छाैं,’ संघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
चैत २७, २०७७ शुक्रबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।