नयाँ सरकार गठनका लागि कांग्रेसले माओवादी केन्द्र र जसपासँग आज छलफल गर्दै
काठमाडौं : नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि आज (शुक्रबार) नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे दुई पार्टीका नेतालाई बोलाइएको छ।
गत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। निर्णयको एक सातापछि मात्र देउवाले माओवादी केन्द्र र जसपासँग औपचारीक रुपमा छलफल अगाडि बढाउने भएको हो।
चैत २७, २०७७ शुक्रबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।