बर्दियामा भन्सार छलेर सामान ल्याउने २ जना पक्राउ
बर्दिया : प्रहरीले भन्सार छलेर सामान ल्याउने दुई जनालाई पक्राउ गरेको छ। बर्दियाको बढैयाताल कर्णालीपुर नजिकै भारतबाट भन्सार छलेर सामान ल्याउने २ जना पक्राउ परेका हुन्।
भे ७ प ३२६२ नम्बरको स्कुटर सहित बर्दिया बासगढी ककौराका दीपक कुँवर र बाँके कोहलपुरकी ममता भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।
उनीहरूको साथबाट लेडिज सुट ४६ पिस, कुर्ता ३ पिस, लेगिज २ पिस, ईसक्याप ५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
कपडाको अन्दाजी मूल्य ७३ हजार ४ सय र स्कुटरको ९० हजार गरी जम्मा १ लाख ६३ हजार ४ सय बराबरको भन्सार छली गरेको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
चैत २०, २०७७ शुक्रबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।