पेप्सीकोलामा कार रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ : काठमाडौँको काँडाघारी पेप्सीकोलामा कार अनियन्त्रित भएर रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
बा १० च २८६४ नम्बरको कार रेलिङमा गएर ठोक्किँदा काठमाडौँ तीनकुनेका वर्ष २० का पिताम गोमाजुको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
कारमा सवार सिद्धार्थ श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, प्रयास खड्का, एलिस कर्माचार्य, आयुष मरागका र आदित्य शर्मा घाइते भएका छन्। घाइतेहरूको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचार भइरहेको छ। आज बिहान पौने ७ बजे भएको दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
चैत २०, २०७७ शुक्रबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।