कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको मन्त्रालयलाई आग्रह

कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको मन्त्रालयलाई आग्रह

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न सबै मन्त्रालयलाई आग्रह गरेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन्। 

उनले बहुवर्षीय योजनामा पनि खर्च अनुसार बजेट राख्न आग्रह गरेका हुन्।

सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए। उनले कोरोना भाइरस (कोभिड–१९)ले  पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे। 

आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमभन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए। 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरेको छ। 
 

चैत १९, २०७७ बिहीबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।