नेपालले उपाधिका लागि आज बंगलादेशसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले उपाधिका लागि आज (सोमबार) बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ।
काठमाडौंको दशरथ रंगशालामा अपराह्न साढे ५ बजे प्रतियोगिताको फाइनल खेल सुरु हुँदैछ।
नेपाल लिग चरणमा दोस्रो हुँदै प्रतियोगिताको फाइनल पुगेको हो। लिग चरणका दुई खेलबाट २ अंक हासिल गरेको नेपालले दुवै खेल बराबरी खेल्यो।
उता बंगलादेशले अंकतालिकामा शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गर्याे। लिग चरणका दुई खेलबाट ४ अंक बटुलेको बंगलादेशले एकमा जित र एकमा बराबरी खेल्यो।
प्रतियोगितामा यी दुई फाइनलिस्टसहित किर्गिस्तानको यु–२३ टोली सहभागी थियो।
चैत १६, २०७७ सोमबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।