‘बेनीको बजार’ बोलको गीतका सर्जक श्रेष्ठको निधन
काठमाडौ : गायक टीकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ। मृगौला रोगी श्रेष्ठको आफ्नै निवास रुपन्देहीमा निधन भएको हो। उनले गाएको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ जनजिब्रोमा झुन्डिएको गीत हो।
२०३१ सालमा ‘बेनीको बजार, जता मायाँ उतै छ नजर...’ बोलको गीत श्रेष्ठले रेडियो नेपालमा रेकर्ड गराएका थिए। यो गीत त्यतिवेले देखि अहिलेसम्म पनि नेपालीमाझ लोकप्रिय नै छ।
यस गीतमा श्रेष्ठकी श्रीमती मन छन्त्यालले स्वरमा साथ दिएकी छन्। गीत गायक आफैले रचना गरेका हुन्। यहि गीतले म्याग्दीको बेनी बजारलाई सबैमाझ चिनाएको थियो।
मिर्गौलासम्बन्धी रोगसँग लडिरहेका गायक क्षेष्ठ एक दशकयता गुमनाम जस्तै थिए।
चैत १३, २०७७ शुक्रबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।