अनुसन्धान विभागमा कर्मचारी भर्नाको दरखास्त आव्हान
काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागले १०४ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आव्हान गरेको छ। अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा दरखास्त आव्हान गरेको विभागले जनाएको छ।
विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक भर्ना गर्न दरखास्त आव्हान गरेको हो। अधिकृतमा दरखास्त दिन स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ भने अनुसन्धान सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी वा एसइई वा सो सरहको उपाधि प्राप्त गरेकाले सहायक सूचक पदमा दरखास्त दिन सक्नेछन्। तीन वटै पदमा दरखास्त दिन १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।
महिलाको हकमा ३० वर्ष ननाघेको र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हकमा ३५ वर्ष ननाघेको हुनु पर्ने विभागले आव्हान गरेको विज्ञापनमा उल्लेख छ।
दरखास्त आजदेखि ३० दिन भित्र दर्ता गरिसक्नु पर्नेछ। दोब्बर दस्तुर बुझाएर भने २०७८ वैशाख १९ गतेसम्म दरखास्त दर्ता गर्न सकिने विभागले जनाएको छ।
चैत १३, २०७७ शुक्रबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।