मंगलबार २४ चैत, २०८२
२४ घण्टामा १२० जनालाई कोरोना पुष्टि, ८५ निको भए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय २० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो एक दिनमा ८५ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ।
हालसम्म १ हजार २ सय १७ जना सक्रिया संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
चैत १२, २०७७ बिहीबार १७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।