ट्राफिक व्यवस्थापनमा खटिए ५० एनसिसी क्याडेट 

ट्राफिक व्यवस्थापनमा खटिए ५० एनसिसी क्याडेट 

काठमाडौं : उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि एनसिसी अल्मुनी एसोसियसन नेपालका ५० जना प्रशिक्षित क्याडेट खटिएका छन्। 

सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरण कक्षाबाट प्रशिक्षित ५० जना क्याडेट गत मंगलबारबाट काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन गर्न खटिएका हुन्। 

ती क्याडेट बिहान ८–१० बजे र बेलुका ३ः३०–६ः३० बजे गरी दुई सिफ्टमा १० दिनसम्म ट्राफिक व्यवस्थापनमा खटिने छन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउन सहयोग पुर्याउन क्याडेट खटिएको सेनाले जनाएको छ। 

राष्ट्रिय सेवा दल मुख्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा अल्मुनी एसोसियसन नेपालका ५० जना पूर्व दीक्षित क्याडेटलाई गत आइतबारदेखि दुई दिनसम्म ट्राफिक अभिमुखिकरण गरेको थियो।

राष्ट्रिय सेवा दलले प्रशिक्षित एनसिसी क्याडेटहरूलाई मानवीय सेवा तथा विपदको समयमा स्वयंसेवकको रूपमा परिचालन गर्ने गरेको छ। 

चैत १२, २०७७ बिहीबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।