चेम्बर अफ कमर्सका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

चेम्बर अफ कमर्सका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ।

कान्तिपथस्थित चेम्बर भवनमा भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार, व्यापारिक कठिनाइलगायत विषयमा छलफल भएको चेम्बर अफ कमर्सले जनाएको छ।  

छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको बताएको जानकारी दिए। 

नेपाली उद्योगी व्यावसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै उनले नेपालमा लगानी गर्न आग्रह गरे। 

नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडीबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत शाहलाई सुझाव दिए। 

अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यावसायीबीच ‘बायर्स–सेलर्स मिट’ गर्न प्रस्ताव गरे। 

नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे। 

पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो व्यक्त गरेका थिए। 

चैत १२, २०७७ बिहीबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।