एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। 

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

बैठकमा चालू संसद् अधिवेशन प्रभावकारी बनाउने, पार्टीलाई एक ढिक्का बनाउनेबारे छलफल हुने बताइएको छ। 

चैत १२, २०७७ बिहीबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।