देशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

देशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ : अझै एक दुई दिन ठुलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ।

स्थानीय वायुसँग पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा मौसम बदली भए पनि ठुलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् नीराजन सापकोटाले बताए। 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मौसम बदली हुने र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको उनले बताए। ‘अझै एक एक दुई दिन पानी पर्ने सम्भावना छैन,’ उनले भने,‘शनिवारसम्म पश्चिमी वायुको प्रभाव पनि हट्ने सम्भावना छ।’

अहिले देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहनेछ। 

चैत १२, २०७७ बिहीबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।