तत्कालका लागि कोरोना खोप निर्यात नगर्ने भारतको निर्णय 

तत्कालका लागि कोरोना खोप निर्यात नगर्ने भारतको निर्णय 

काठमाडौँ : तत्कालका लागि कोरोना खोप निर्यात नगर्ने भारतको निर्णयले नेपाल सहित १९० देश प्रभावित हुने भएका छन्। भारतले अक्सफर्ड आस्ट्राजेनेका खोप निर्यातमा अस्थायी रोक लगाउने निर्णय गरेको हो। 

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भन्दै खोप निर्यातमा रोक लगाएको भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। 

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ।अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गर्दै आएको छ । 

भारतभित्रै कोरोनाभाइरसका बिरामी बढिरहेका बेला भारतले यो निर्णय गरेको छ।

अप्रिल १ तारिखबाट ४५ वर्ष माथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि माग बढ्ने अनुमान भारतको छ।

सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्न सम्झौता गरेका छन्।

भारतीय विदेश मन्त्रालयको वेबसाइट अनुसार बिहीबार यता भारतले कोरोना खोप निर्यात गरेको छैन।

भारतीय सरकारले ज्यानुअरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो।अहिलेसम्म दोस्रो लहर आउन सक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको बीबीसीले जनाएको छ। 

चैत १२, २०७७ बिहीबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।