देशभर थप १४५ जनामा कोरोना संक्रमण, १ को मृत्यु

देशभर थप १४५ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। 

यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ। 

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर मृत्यु भएका कोरोना संक्रमितको संख्या ३ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। 

चैत ११, २०७७ बुधबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।