महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक 

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक 

काठमाडौं : आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

पार्टी सहमहामन्त्री प्रकाशशरण महतले यही चैत २० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए। 

‘पार्टीको आगामी महाधिवेशन बैठकको मुख्य एजेन्डा छ। त्यसबाहेक अन्य विषयमा पनि छलफल हुनेछ,’ उनले भने। 

कांग्रेसले आगामी भदौ ७–१० गते पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। 

चैत ११, २०७७ बुधबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।