माओवादी कर्णाली प्रदेशले संसदीय दलको पुरानो विधानमा संशोधन थाल्यो
सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलको पुरानो विधानलाई संशोधन गर्न थालेको छ।
गत शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार विधान संशोधन गर्न थालिएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्।
‘यसअघि बनेको नेकपा माओवादी केन्द्रको विधान अहिलेको नयाँ राजनीतिक परिस्थिति अनुसार संशोधन गर्न आवश्यक भएकोले संशोधन थालेका हौं,’ प्रमुख सचेतक नेपालीले भनिन्, ‘माओवादी र एमालेको एकीकरणको प्रक्रियाकै क्रममा कर्णाली प्रदेशमा पनि नेकपा संसदीय दलको विधान लागू गरिएको थियो। सर्वोच्चले नेकपालाई वैधानिकता नदिएर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि २०७४ को माओवादी संसदीय दलको विधान संशोधन गर्न थालेका हौं।’
दलको विधान लगभग तयार भएको र केही दिनमा संशोधनको काम पूरा हुने नेपालीले बताइन्।
प्रमुख सचेतक सीता नेपालीको संयोजकत्वमा सांसद् रातो कामी र गणेशप्रसाद सिंहसहित तीन सदस्यीय विधान संशोधन समितिले विधानलाई संशोधन गर्न थालेको हो।
चैत ११, २०७७ बुधबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।