अब एमाले कार्यालय थापाथलीमा, बल्खुमा वैशाख ९ गते शिलान्यास 

अब एमाले कार्यालय थापाथलीमा, बल्खुमा वैशाख ९ गते शिलान्यास 
तस्बिर : उपेन्द्र खड्का

धुम्बाराहीमा रहेको पार्टी कार्यालयले प्रतिष्ठानसँग गरेको घर भाडा सम्झौता अन्त्य गर्न लागेको हो। बल्खुमा रहेको पार्टी कार्यालय २०७२ साल वैशाखको भूकम्पपछि धुम्बाराहीमा सरेको थियो। 

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरिने बताए।

बल्खुमा भवन निर्माण नभएसम्मका लागि केही दिनमा धुम्बाराहीबाट थापाथलीमा पार्टी कार्यालय सर्न लागेको उनले बताए। ‘आजै सर्न लागेको भने होइन,’ परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले भने,‘थापाथलीमा पनि भाडामा लिने घरमा पार्टी कार्यालय राख्न लागेका छौ।’

पार्टी कार्यालय राख्न लागिएको भवनको निरीक्षण गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा थापाथली आउने कार्यक्रम छ।  

 

चैत ११, २०७७ बुधबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।