फेरी लकडाउन सोचेको छैन : स्वास्थ्य मन्त्रालय 

फेरी लकडाउन सोचेको छैन : स्वास्थ्य मन्त्रालय 

एक वर्षको समीक्षा गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्मको अवस्थाको समीक्षा गरेर फेरी बढ्न लागेको कोरोना सङ्क्रमणको जोखिममा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा उपायबारे बैठकमा छलफल हुनेछ।

सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार र भिडभाड हुने काम नगर्न भनेको सरकारले तत्काल फेरी लकडाउन नहुने बताएको छ। ‘फेरी लकडाउन गर्ने भन्ने सोचेका छैनौ,’ उनले भने,‘भारतसँगका मुख्य नाकामा निगरानी बढाएका छौ।’

छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा कोरोनाको जोखिम पहिलाको जस्तै हने खतरा बढेको विज्ञहरूले औँल्याएका छन्। 

चैत ११, २०७७ बुधबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।