लोक सेवा आयोग पदाधिकारी विहीन, कामकारबाही प्रभावित हुने 

लोक सेवा आयोग पदाधिकारी विहीन, कामकारबाही प्रभावित हुने 

आयोगले पदाधिकारी विहीन भएपछि सम्पूर्ण नयाँ भर्ना प्रक्रिया, परीक्षा,अन्तर्वार्ता, उत्तरपुस्तिका परीक्षण लगायत कर्मचारी बढुवा र लोकसेवाको परामर्शमा हुने काम ठप्प हुने बताएको छ।

हिजोदेखि अध्यक्ष उमेश मैनाली सहित ५ पदाधिकारीको समयावधि सकिएको छ। अध्यक्ष मैनाली सहित सदस्यहरू बिन्द्रा हाडा भट्टराई,अशोक कुमार झा, ब्रह्म देव राय र कृष्ण चन्द्र झा ६ वर्षे कार्यकाल पुरा गरी बिदा भएका छन्।

तर, सरकारले हालसम्म नयाँ पदाधिकारीको सिफारिस गरिसकेको छैन। जस कारण आयोगका कामकारबाही महिनौँसम्म प्रभावित हुने देखिएको छ।

आयोगले वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने गरी तोकेको खरिदार वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिसकेको छ। 

 

चैत ११, २०७७ बुधबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।