भीमफेदी - कुलेखानी सडकमा यातायात सञ्चालन
यो सडक खण्डमा ढलान र कालोपत्रे गर्न माघ १० देखि चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो।
यो सडक खण्डमा राती १२ बजेदेखि नै यातायात सञ्चालन भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
कालोपत्रेको काम भने जेठ मसान्त सम्म सक्ने लक्ष्य रहेको निर्देशनालय निर्देशक डा। सहदेव भण्डारीले जानकारी दिए।
‘कालोपत्रे गर्ने काम हुँदा छोटो समय १० १५ मिनेट गाडी रोकिनेछन्,’ उनले भने,‘ढलानको काम सकिएकाले आजदेखि यातायात सञ्चालन भएको छ।’
१८ करोड लागतमा भीमफेदीदेखि देउराली भन्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नति गरिएको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशन दिइएको निर्देशक भण्डारीले बताए।
चैत ११, २०७७ बुधबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।