अनेरास्ववियुको भेलामा भीम रावलले सुनाए कविता
अरु दिनभन्दा फरक थियो उनको सम्बोधनको सुरुवात शैली। उनले सम्बोधनको सुरुवात कविताबाट गरेका थिए।
तर, सम्बोधनमा आक्रमकता उस्तै थियो। सम्बोधनको सुरुवातमा कविताबाट प्रधानमन्त्री एवं पाटी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका उनले त्यसपछि पनि यो क्रम जारी राखे।
उनले कविता सुनाइरहँदा जब–जब हरफ सकिन्थ्यो, तालीको गडगडाहट सुनिन्थ्यो।
भेलामा रावलले सुनाएकाे कविता–
युवा हो उठ एक भई जुट यो देश जोगाउन,
कम्युनिस्ट मास्ने राज्यलाई नास्ने भष्मासुर भगाउन।
हामीले सोच्यौं, स्वाधीनता देशको हिमालझैं उठाउन,
विश्वका सामु समाजवादयुक्त नेपाल चिनाउन।
कस्तो हो तिम्रो खड्गको धार आफैलाई सिध्याउने,
न्यायका प्यारा श्रमशीलहरूको चीत्कारमा रमाउने।
सत्ताको लागि विधान मिच्ने नैतिकता गुमाउने,
मित्रघात गर्दै स्वार्थका लागि सामन्त समाउने।
शक्ति र धनको उन्मादमा तिमीले सुख नै बिर्सेछौ,
जाली र झेली देशमारातर्फ किन हो फर्केर्छौ।
षडयन्त्र तिम्रो फुट्ने छ छिट्टै माटोको हाँडीझैं,
तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई।
रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर,
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर।
उठाइ माथि रक्तिम झण्डा बचाऔं स्वाभिमान,
चकनाचुर पार्दै विश्वासघाती दुष्कार्य अभिमान।
चैत १०, २०७७ मंगलबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।