राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपतिको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारी स्वदेश फर्किएको जनाएको छ।
राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।
राष्ट्रपति भण्डारी बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन्। उनीसँगै छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत भ्रमणमा गएका थिए।
चैत १०, २०७७ मंगलबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।