सत्ता सहकार्यबारे एमाले र जसपाबीचकाे छलफल निष्कर्षविहीन
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। यद्यपि, मागप्रति प्रधानमन्त्री सकारात्मक देखिएको उनले बताए।
छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए। एमालेको तर्फबाट प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्बाङ, डा. राजन भट्टराई र विष्णु पौडेल सहभागी थिए।
जसपाले सत्ता सहकार्यका लागि सांसद् रेसम चौधरीको रिहाइ, पार्टीका नेता कार्यकर्तालाई लागेको मुद्दा फिर्ता र संविधान संशोधनको माग राख्दै आएको छ।
चैत १०, २०७७ मंगलबार १५:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।