प्रतिनिधिसभाको बैठक स्थगित, अर्काे बैठक चैत १८ गते बस्ने 

प्रतिनिधिसभाको बैठक स्थगित, अर्काे बैठक चैत १८ गते बस्ने 

काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन अन्तर्गतको पाँचौं बैठक स्थगित भएको छ। 

संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव डा. रोजनाथ पाण्डेले आगामी बैठक चैत १८ गते दिउँसो १ बजे बस्ने जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा प्रतिवेदन पेस गरेका छन्। 

बैठकमा ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेस गरेकाे संघीय संसद्को सचिवालयले जनाएको छ। 

यस्तै, बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन’ पेस गरेका छन्। 

चैत १०, २०७७ मंगलबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।