भीम रावलको कटाक्ष- ओलीले शक्तिको दुरुपयोग गर्दै पार्टीलाई क्षतविक्षत पारे
काठमाडौं : नेकपा एमाले खनाल-नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको दुरुपयोग गर्दै पार्टीलाई क्षतविक्षत पार्ने काम गरेको आरोप लगाएका छन्।
मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता रावलले एमाले अध्यक्ष ओलीले गुटबन्दी, बाह्य शक्तिको आडभरोसा र शक्तिको दुरुपयोद्वारा कम्युनिष्ट आन्दोलनलाई समाप्त पारेको बताए।
आफू प्रधानमन्त्री बन्नका लागि मात्रै एमाले र माओवादी एकीकरण गरेको कुरा अहिले प्रष्ट भएको भन्दै नेता रावलले भने, 'विष्णुप्रसाद पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर प्रधानमन्त्री बन्न ओलीले गोप्य सम्झौता गरेको अहिले प्रष्ट भएको छ।'
आफूहरुलाई स्पष्टीकरण सोध्नु निलज्जताको पराकाष्टा भन्दै रावलले ओलीको नेकपा फुटाउने योजना सफल भएको र अब एमाले समाप्त पार्ने योजनामा लागेको आरोप लगाए।
चैत १०, २०७७ मंगलबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।