ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पारे : पाण्डे

ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पारे : पाण्डे

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत गरेको आरोप लगाएका छन्।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल समूहको अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

निरंकुशता वा तानाशाही प्रवृति उठ्न थाल्दा अनेरास्ववियुले कदम उठाएको प्रसंग निकाल्दै उनले ओलीको निरंकुश प्रवृतिविरुद्ध लड्न अनेरास्ववियुले भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

उक्त भेलाले अनेरास्ववियुको समानान्तर कमिटी गठन गर्ने छ। 

पार्टी अध्यक्ष ओली समूहले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै खनाल–नेपाल समूहले भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गरिरहेको छ। 

यसअघि उक्त समूहले युवा संघ र अखिल नेपाल महिला संघको समानान्तर कमिटी गठन गरेको थियो। 

चैत १०, २०७७ मंगलबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।