कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जान हतार गर्दैन : देउवा

कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जान हतार गर्दैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले केपी ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी नगरेको स्पष्ट पारेका छन्।

कांग्रेसका दिवंगत नेता अशोक कोइरालको निधनमा शोक व्यक्त गर्न मंगलबार विराटनगर जाने क्रममा सभापति देउवाले कांग्रेसले सरकारमा जान हतार नगरेको बताए।

'कांग्रेस प्रतिपक्षी पार्टी हो, चुनावमा कांग्रेसले प्रतिपक्षीको म्यान्डेट पाएको हो। त्यसैले हामी प्रतिपक्षमा बस्छौं, 'विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सभापति देउवाले भने, 'कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव पनि ल्याउँदैन र सरकारमा पनि जाँदैन।

पटकपटक एउटै प्रश्न सोधेपछि कांग्रेस सभापति देउवा सञ्चारकर्मीहरुसँग झोक्किएका थिए। उनले भने, 'कांग्रेस विपक्षी पार्टी हो भनेको सुन्नुभएन?

चैत १०, २०७७ मंगलबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।