तोलामा ३ सय रूपैयाँ घट्यो सुनको मूल्य 

तोलामा ३ सय रूपैयाँ घट्यो सुनको मूल्य 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य तोलाको ८७ हजार रूपैयाँ थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर प्रतितोला ८६ हजार २ सय ५० रूपैयाँ तोकिएको छ। हिजो यसको मूल्य ८६ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ। 

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर १ हजार २ सय ५० रूपैयाँ छ। 

चैत १०, २०७७ मंगलबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।