दाङमा कलेज बस दुर्घटना, दुईको मृत्यु

दाङमा कलेज बस दुर्घटना, दुईको मृत्यु

बुटवल : दाङमा कलेज बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङस्थित ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर १६ का अस्मिता बस्नेत र किरण चौधरीको मृत्यु भएको हो। 

बस्नेतको घटनास्थलमै र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।  

दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस तुलसीपुर–१५ को सरैयामा आज दुर्घटना भएको हाे।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

चैत १०, २०७७ मंगलबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।