सरकारको विकल्पमा छलफल गर्न माओवादी केन्द्रको बैठक

सरकारको विकल्पमा छलफल गर्न माओवादी केन्द्रको बैठक

काठमाडौँ : सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।

संसदीय दल सिंहदरबारमा बस्ने बैठकको छलफलको अजेण्डा नयाँ सरकार गठन रहेको एक नेताले बताए।

प्रधानमन्त्री केपी ओलीको विकल्पमा छलफल गरे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय नगर्दा सरकारले बहुमत गुमाएको छैन।

ओली माओवादीले समर्थन फिर्ता लिने सांसदबाट विश्वासको मत लिने दाबी गर्दै आएका छन्। माओवादीको समर्थनको विकल्पमा जनता समाजवादी पार्टीसँग छलफल गरे पनि निष्कर्ष निस्केको छैन।

सोमबार नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसे पनि सरकारबारे ठोस निर्णय भने गर्न सकेको थिएन।

चैत १०, २०७७ मंगलबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।